एजेन्सी, २ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ४–० ले हराएर प्रभावशाली जित दर्ता गरेको हो ।
युनाइटेडको जितमा एन्टोनियो भ्यालेन्सिया, हेनरिक एमखिर्तयान, रामेलु लुकाकु र एन्थोनी मार्सलले गोल गरे ।
जितपछि युनाइटेडको ५ खेलबाट १३ अंक भएको छ । समान १३ अंक नै भएपनि म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ भने युनाइटेड दोस्रो स्थानमा छ । पाँच खेलबाट चार अंक जोडेको एभर्टन भने १८ औं स्थानमा झरेको छ ।
म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा
0
Share.
Comments