एजेन्सी, ८ असार । रुसमा भइरहेकोे फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत गएराति भएको खेलमा मेक्सिको विजयी भएको छ । समूह ए मा रहेको मेक्सिकोले न्युजिल्याण्डलाई २–१ ले हराएको हो ।
मेक्सिकोलाई जिताउन राउज जिमेनेज र ओरिबे पेराल्ताले गोल गरे । न्युजिल्याण्डका लागि क्रिस वुडले एक गोल गरे ।
जितपछि समूहको शीर्ष स्थानमा रहेको मेक्सिकोको दुई खेलबाट चार अंक भएको छ । समान चार अंक नै भएको पोर्चुगल दोस्रो स्थानमा छ । आयोजक रुस तीन अंकसहित तेस्रो स्थानमा छ । न्युजिल्याण्डले अहिलेसम्म अंक जोड्न सकेको छैन् ।
पोर्चुगललाई पछि पार्दै मेक्सिको शीर्षस्थानमा
0
Share.
Comments