काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा आफ्नो पूर्व टोली मेलबर्न स्टार्सविरुद्ध कमजोर प्रदर्शन गरेका छन् । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्नले १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय १६ रन बनाएको छ । मेलबर्नका विकेटकिपर जो क्लार्क ५२ रनमा आउट भए । आन्द्रे रसेल तीन रनमा खेलि रहेका छन् ।
लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ३२ रन खर्चेपनि विकेट लिन सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको होबार्ट हरिकेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।
होबार्टका ओपनर बेन म्याकडेरमोटले ४३ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रन बनाए । कप्तान म्याथ्यु वेड ३९, डार्सी शर्ट २६ र टिम डेविडले २२ रन जोडे । मेलबर्न स्टार्सका आन्द्रे रसेलले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइलले २ विकेट लिए ।
प्रकाशित मितिः २०७८ पुस ०९ शुक्रबार
Comments