काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज थ्री स्टारले एपिएफको सामना गर्दै छ । दिनको एकमात्र खेलमा थ्री स्टार ३ अंकका लागि मैदानमा उत्रंदा एपिएफ भने लगातारको पराजयको अन्त चाहन्छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ४:४५ मा हुने खेल । दुबै टीमका लागि उतिकै महत्वपुर्ण छ। उपाधि होडमा फर्कन थ्री स्टार जारी लिगकै कमजोर सावित भएको एपिएफ विरुद्ध दोस्रो जित निकाल्ने ध्याउनमा छ। थ्री स्टार ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेकाले पनि लिग अंक तालिकामा सुधार गर्नु उसका लागि चुनौती रहेको छ।
थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो। दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १-० ले पराजित भएयता लय समात्न सिकरहेको छैन। तेस्रो खेलमा पनि फ्रेन्ड्ससँऊ १-१ गोलको बराबरीमा रोकिंदा थ्रीस्टारलाई दबाब परेको थियो।
विभागिय टीम एपिएफ भने एतिहासिक खराव अवस्थाबाट गुज्रिएको छ। लगातारको तीन हारले एपीएफलाइ रेलिगेशन खतरा बढ्ने संकेत गरेको छ। त्यसैले पनि जारी लिगमा विभागिय छवि बचाउन पनि पहिलो जितको प्रतिक्षामा एपिएफ रहेको छ। लिग अंक तालिकाको पुछारमा रहेको एपिएफ अंक विहिनता तोड्ने प्रतिक्षामा छ।
एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ ले पराजित भएको थियो भने दोस्रो खेलमा च्यासल युथसँग १-० ले हार्दा तेस्रो खेलमा सातदोबाटोसँग ४-१ को फराकिलो हार भोगेको छ। लिगका मध्यम क्लबसँगको हार एपिएफका लागि टाउको दुखाइ बन्दै आएको छ।
प्रकाशित मितिः २०७८ मंसिर २६ आइतबार
Comments