काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आइतबार दुई खेल हुँदै छ । समूह-२ अन्तर्गत पहिलो खेलमा अफगानिस्तान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । अबुधावीमा हुने खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।
प्रतियोगिता अन्तर्गत अफगानिस्तानले अघिल्ला दुई खेलमा स्कटल्यान्डलाई पराजित गर्दा पाकिस्तानसँग हार व्यहोरेको थियो । यता, नामिबियाले एक खेल मात्र खेल्दा स्कटल्यान्डलाई पराजित गरेको थियो । दुबै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ ।
आइतबारको दोस्रो खेलमा भारत र न्यूजिल्यान्ड आमनेसामने हुनेछन् । दुबईमा हुने खेल खेल राति ७: ४५ बजे सुरु हुनेछ । प्रतियोगितामा दुबै टोली पाकिस्तानसँग पराजित भएको थियो । त्यसैले आइतबारको खेलमा दुबै टोली जितको खोजीमा हुनेछन् ।
समूह-२ मा लगातार तेस्रो जितसँगै पाकिस्तान शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक १४ आइतबार
Comments