काठमाडौं । विश्व प्रसिद्ध फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डो फेरी जुम्ल्याहा सन्तानको पिता बन्ने भएका छन्। बिहीबार उनले आफ्नो इन्स्टाग्राममा तस्वीर राख्दै आफू पुन: जुम्ल्याहा सन्तानको पिता बन्न लागेको बताएका छन्।
उनले आफ्नी प्रेमिका रोड्रिगेजसँग मुस्कुराउँदै सोनोग्राफी रिपोर्ट देखाइरहेको तस्वीर सार्वजनिक गरेका हुन्। जसमा जुम्ल्याहा बच्चा भएको देखिन्छ।
३६ वर्षका स्टार खेलाडी रोड्रिगेजसँग सन् २०१६ देखि सम्बन्धमा छन्। रोनाल्डोको अहिले ४ सन्तान छन्। ११ वर्षका क्रिस्टियानो जुनियर, ४ वर्षका जुम्ल्याहा मारिया र मेटियो र तीन वर्षकी छोरी अलाना मार्टिना उनका सन्तान हुन्। एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक १२ शुक्रबार
Comments