काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले च्याम्पियन्स लिग अन्तर्गत आरबी लाइप्जिगविरुद्धको खेल गुमाउने भएका छन् । चोटको कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् । ब्राजिलियन नेयमार विश्वकप छनोटका दौरान उरुग्वेविरुद्धको खेलमा घाइते भएका थिए ।
क्लबले सोमबार नेयमारले च्याम्पियन्स लिगको खेल गुमाउने पुष्टि गरेको हो । पिएसजीले मंगलबार राति घरेलु मैदानमा लाइप्जिगको समान गर्दैछ । पीएसजीको घरेलु मैदानमा (मंगलबार) आज राति १२:४५ बजे जर्मन क्लब लाइपजिगसँग भिड्ने भएको हो ।
पिएसजी २ खेलमा ४ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा छ । पुछारमा रहेको लाइप्जिगले अंक जोड्न सकेको छैन ।
प्रकाशित मितिः २०७८ कार्तिक ०२ मंगलबार
Comments