काठमाडौं । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जर्मनी फुटबलर अफ द इयर अवार्ड पाएका छन् ।
फुटबल म्यागजिन किकरले लेवान्डोस्कीलाई जर्मनी फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको जनाएको छ ।
जर्मन बुन्डेसलिगा अन्तर्गत बायर्न र हेर्था बर्लीनबीचको खेल अघि उनलाई अवार्ड प्रदान गरिएको हो । लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बायर्नले बर्लीनलाई ५-० गोल अन्तरले पराजित गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र १३ आइतबार
Comments