हुम्लामा भूमि आयोगको कार्यालय स्थापना

0

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनमा शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो ।

आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम र कानूनको आधारमा रही हुम्लाका भूमिहीन सुकुम्वासीको व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे ।

आयोगले जिल्लामा रहेका निमुखा, गरीब र भूमिहीन परिवारलाई बिना भेदभाव कानूनका आधारमा भूमिको व्यवस्था गराउनुपर्ने सुझाव जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले दिए । सरकारले सुनारको अध्यक्षतामा यांजुम रोकाया र भण्डारीलाई सदस्यमा नियुक्त गरेको छ ।

प्रकाशित मितिः २०७७ फागुन २२ शनिबार

Comments

comments

Share.
Loading...

Comments