राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मुस्कान खातुनलाई बधाई

0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्राप्त गरेकोमा बधाई दिएकी छिन् ।

राष्ट्रपतिले मुस्कानलाई बधाई दिँदै भनेकी छिन्, एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद !

एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनले यस वर्षको आईडब्ल्यूओसी पुरस्कार पाउने भएकी हुन् । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि यो पुरस्कार दिने घोषणा गरिएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली हुन् । त्यस्तै उनी यो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति पनि बनेकी छिन् ।

प्रकाशित मितिः २०७७ फागुन २२ शनिबार

Comments

comments

Share.
Loading...

Comments