रुकुममा श्रीमतीले गरिन् श्रीमानको हत्या

0

रुकुम । रुकुममा श्रीमतीले आफ्ना श्रीमानको हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमानको ज्यान गएको हो । सिस्ने गाउँपालिका–२ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो ।

पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमानलाई दाउराले टाउकोमा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।

उनका अनुसार आज बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ । मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ । धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए ।

घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।
प्रकाशित मितिः२०७७ असार १७ बुधबार

Comments

comments

Share.
Loading...

Comments