कोरोना : विश्वभर ७४ हजारको मृत्यु, संक्रमित १३ लाख ४२ हजार

0

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ७४ हजार ५५८ पुगेको छ । पछिल्लो विवरणअनुसार बिश्वभर १३ लाख ४२ हजार ५८० जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

यद्यपि अमेरिका, फ्रान्स, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १२ मुलुकको पछिल्लो अपडेट स्

इटालीमा १ लाख ३२ हजार ५४७ कुल सङ्क्रमित भएका छन् भने १६ हजार ५२३ को मृत्यु भएको छ । यसैबीच २२ हजार ८३७ निको भएर फर्किएका छन् ।

स्पेनमा एक लाख ३६ हजार ६७५ कुल सङ्क्रमित भएका छन् भने १३ हजार ३४१ को मृत्यु भएको छ । यसैबीच ४० हजार ४३७ निको भएर फर्किएका छन् ।

अमेरिकामा ३ लाख ६४ हजार ८८ कुल सङ्क्रमित भएका छन् भने १० हजार ७९२ को मृत्यु भएको छ । यसैबीच १९ हजार ५३६ निको भएर फर्किएका छन् ।

फ्रान्समा ९८ हजार १० कुल सङ्क्रमित भएका छन् भने ८ हजार ९११ को मृत्यु भएको छ । यसैबीच १७ हजार २५० निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म ५१ हजार ६०८ कुल सङ्क्रमित भएका छन् भने ५ हजार ३७३ को मृत्यु भएको छ ।

इरानमा ६० हजार ५०० कुल सङ्क्रमित भएका छन् भने ३ हजार ७३९ को मृत्यु भएको छ । यसैबीच २४ हजार २३६ निको भएर फर्किएका छन् । चीनमा अहिलेसम्म ८१ हजार ७०८ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३३१ को मृत्यु भएको छ । यसैबीच ७७ हजार ७८ निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म १८ हजार ८०३ जना संक्रमित भएका छन् भने एक हजार ८६७ जनाको मृत्यु भएको छ । जर्मनीमा एक लाख ३ हजार ३७४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ८१० को मृत्यु भएको छ । यसैबीच २८ हजार ७०० निको भएर फर्किएका छन् ।

बेल्जियममा २० हजार ८१४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ६३२ को मृत्यु भएको छ । यसैबीच ३ हजार ९८६ निको भएर फर्किएका छन् । स्विटजरल्याण्डमा कुल २१ हजार ६५७ संक्रमित भएका छन् भने ७६५ जनाको मृत्यु भएको छ । त्यस्तै ८ हजार ५६ जना निको भएर फर्किएका छन् ।

टर्कीमा ३० हजार २१७ जना संक्रमित भएका छन् भने ७६५ जनाको मृत्यु भएको छ । त्यस्तै १३२६ जना निको भएर फर्किएका छन् ।

प्रकाशित मितिः २०७६ चैत्र २५ मंगलबार

Comments

comments

Share.
Loading...

Comments