घुससहित प्राधिकरणका कर्मचारी पक्राउ

0

भोजपुर । पुनःनिर्माण प्राधिकरणका कर्मचारी रु छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

इञ्जिनीयर तिवारीलाई आज रु छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments