पछिल्लो २४ घन्टामा थप ०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५३ हजार ४१८ पुगेको छ ।

विभिन्न प्रयोगशालामा १८ सय ६१ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २ सय ३ जनाको पीसीआर परीक्षण गर्दा ०३ जनामा र १६५८ एन्टिजेन परीक्षण गर्दा ० जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल १८ जना सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ । आज थप ०२ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८९ हजार १४७ पुगेको छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०६ सोमबार

Comments

comments

Share.
Loading...

Comments