काठमाडौंमा चैत २४ गते नेपाल स्वास्थ्य सम्मेलन २०७७ हुँदै

0

काठमाडौं । यही चैत २४ गते काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन २०७७ हुने भएको छ। विश्व स्वास्थ्य दिवसको अवसरमा ‘आरोग्यादाः स्वस्थ जीवनका लागि सबैको साथ’ भन्ने नारा सहित सम्मेलन हुन लागेको हो।

स्वास्थ्य क्षेत्रले सामना गरिरहेका चुनौती तथा कमी कमजोरीहरु माथि छलफल गर्दै त्यसलाई सुदृढ पार्न सक्ने संभावित तरिकाहरु पहिचान गर्ने सम्मेलनको उद्देश्य रहेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिप्रेक्षमा स्वास्थ्य प्रणालीको कमजोरीहरुको मूल्यांकन गर्नुका साथै सम्मेलनमा हालसम्म हासिल गरेको प्रगतिबारे पनि छलफल हुनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अमेरिकी राजदुतावासको सहयोगमा हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीलेले उद्घाटन गर्नेछन्। सम्मेलनमा चार वटा सत्र सञ्चालन हुने पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

यी चार वटै सत्रमा एक÷एक जना मध्यस्तकर्ताका साथमा ४/४ जना विज्ञहरुको सहभागिता रहनेछ। सम्मेलनबाट प्राप्त सुझावको प्रतिवदेन तयारी गरी सरोकारवाला निकायलाई पेश गरिने आयोजकले जनाएको छ।

प्रकाशित मितिः २०७७ चैत्र २३ सोमबार

Comments

comments

Share.
Loading...

Comments