स्पष्टिकरण माग्दै ‘दाहाल-नेपाल’ पक्षले बुझायो बालुवाटारमा पत्र

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको छ ।

दाहाल-नेपाल समूहले ओलीलाई तीन दिनभित्र स्पष्टीकरण दिन माग गर्दै पत्र बालुवाटारमा बुझाएको हो ।

नेकपाको स्थायी कमिटी बैठकको निर्णयअनुसार ओलीलाई आज पत्र बुझाएको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल पत्र बोकेर बालुवाटार पुगेका थिए ।

“पार्टीविरोधी गतिविधि गरेकाले तपाईंलाई कारबाही किन नगर्ने । तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिनुहोला,’’ पत्रमा उल्लेखित व्यहोराबारे ढकालले जानकारी दिए । तीनदिन भित्र चित्तबुझ्दो जवाफ नआए थप कारबाही गरिने समेत पत्रमा उल्लेख गरिएको छ ।

Comments

comments

Share.
Loading...

Comments