शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ।

पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो। बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालयसमेत बन्द गर्ने भएको छ।

कांग्रेसले भोलि १८ असारमा पार्टीको झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम पनि नगर्ने भएको छ। मंगलबारबाट सुरू भएको बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयकलगायतका विषयमा छलफल भइरहेको छ।

२०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो। मुटुसम्बन्धी रोगबाट पीडित उनको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा आज निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

प्रकाशित मितिः२०७७ असार १७ बुधबार

Comments

comments

Share.
Loading...

Comments