बंगलादेशका राष्ट्रपति हमिद भक्तपुरको भ्रमणमा

0

भक्तपुर । राष्ट्रपति विद्या देवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदले आज भक्तपुरका ऐताहासिक स्थलको भ्रमण गरेका छन् ।

चार दिने भ्रमणका लागि मंगलबार दिउँसो नेपाल आइपुगेका राष्ट्रपति हमिदले अपरान्ह ४ बजे विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको दरबार स्वाक्वर र टौमढीस्थित पाँचतले मन्दिरको अवलोकन गरेका हुन् ।

उनको स्वागत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए । राष्ट्रपति हमिदको स्वागतका लागि माक प्वाखँ अर्थात बाँदर नाच र देवी नाच समेत देखाइएको थियो ।

ऐताहासिक स्थलको भ्रमण गरेका राष्ट्रपति हमिदले पुरातात्विक वस्तुहरुको चासोपूर्वक अवलोकन तथा निरीक्षण गरेका थिए ।

उनी काठमाडौंबाट सेनाको हेलिकोप्टरमार्फत भक्तपुर आएका हुन् ।

प्रकाशित मितिः २०७६ कार्तिक २६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments