उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित

0

काठमाडौं । देशको तेस्रो उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको चुनावमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमतकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

उनले संघीय सांसदको १८४ मतकाे १४५३६ मतभार र प्रदेश सांसदको ३२९ मतकाे १५७९२ मतभार पाए । उनले कुल ३०३२८ मतभार पाएका छन् ।

शाक्यले प्रदेशसभाका १६९ मत पाइन् भने उनलाई संघीय स‌ंसदका १०४ जना सांसदले मत दिएका थिए । यस्तै ममता झाले प्रदेशका १५ र संघीय संसदका २३ सांसदकाे मत पाइन् । उम्मेदवारी निष्क्रिय भएकाे घाेषणाा गरेकी प्रमिला यादवले १ जना प्रदेश सांसदकाे मत पाइन् । उनलाई संघीय सांसदले भने मत दिएनन् ।

निर्वाचित यादवलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र स्वतन्त्र सांसदको समर्थन थियो । सत्ता गठबन्धनमै रहेका जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीले भने जनमतकी झालाई समर्थन गरेका थिए ।

प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments