राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन साँठगाँठ प्रणालीमा चलेको ओलीको आरोप

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वभाविक भएपनि अहिलेको निर्वाचन नै साँठगाँठ प्रणाली चलेको बताए।

कांग्रेससंगको सहकार्यका विषयमा अहिले नै भन्ने बेला नआएको जिकिर गर्दै ओलीले सहकार्यका विषयका कांग्रेसकै केही नेता त्रसित भएको बताए।

एमाले देश र जनताका लागि काम गर्ने बताउँदै केन्द्र र प्रदेशमा प्रतिपक्षमा बसेर काम गर्दा एमालेको राजनीति थप सशक्त हुने ओलीको भनाइ छ।

अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताए।

प्रकाशित मितिः २०७९ चैत्र ०३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments