मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

0

काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । सत्तारूढ गठबन्धनको बैठकले आइतबार स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने निर्णय गरेको थियो । प्रधनमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ऐन संशोधनको निर्णय गर्छ वा गर्दैन चासोको विषय बनेको छ ।

आगामी जेठ ५ गते म्याद सकिने स्थानीय तहका जनप्रतिनिधिको निरन्तरता हुने वा पुन स्थानीय तह रिक्त हुने भन्ने विषय सरकारको निर्णयमा निर्भर हुन्छ । सरकारले निर्णय गरेपछि स्थानीय तह निर्वाचन ऐनको संशोधन संसद्मा लगेपछि ऐन संशोधनको प्रक्रिया प्रारम्भ हुन्छ ।

प्रकाशित मितिः २०७८ माघ १० सोमबार

Comments

comments

Share.
Loading...

Comments