ज्योति लाइफलाई ६६ करोड रुपैयाँबराबरको आइपीओ बिक्री गर्न अनुमति

0

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ६६ करोड रुपैयाँबराबरको साधारण सेयर (आइपीओ) बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ६६ लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई आईपीओ बिक्री गर्न फागुन ७ गते अनुमति दिएको हो । यो आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटललाई दिइएको छ ।

कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्बको लागि ६६ करोड बराबरको आईपीओ जारी गर्न लागेको हो । हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आईपीओ जारीगरेपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड पुग्‍नेछ ।

प्रकाशित मितिः २०७७ फागुन ०९ आइतबार

Comments

comments

Share.
Loading...

Comments