ग्यास पाउनु भएको छैन ? यी २२ स्थानमा आजबाट बिक्री हुँदै (सूचिसहित)

0

काठमाडौं । माग उच्च भएपछि ग्यासमा भएको कालोबजारी रोक्न आजदेखि विभिन्न २२ स्थानबाट ग्यासको खुद्रा विक्री सुरु भएको छ । ग्यास नपाएर छटपटिएका उपभोक्ताले ती स्थानबाट तत्कालै ग्यास पाउने प्रबन्ध गरिएको छ ।

आयल निगमले ग्यासको आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न निर्देशन दिएसँगै आजैदेखि काठमाडौं उपत्यकाका विभिन्न २२ स्थानमा फरक/फरक ब्राण्डका ग्यास वितरण सुरु भएको हो । ग्यास वितरण दैनिक बेलुका ५ बजेसम्म हुने एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

कुन ग्यास कहाँबाट बिक्री ?

संघले निकालेको विज्ञप्ति अनुसार विभिन्न २२ वटा ब्राण्डका ग्यासको २२ स्थानबाट खुद्रा विक्री सुरु भएको छ ।

नेपाल ग्यास – बालाजु, अनामनगर र सातदोबाटो

सागर ग्यास – जडिबुटी, एसटीसीले साल्ट ट्रेडिङ कालीमाटी र जडिबुटी

ओम ग्यास – थली र नैकाप

बाबा/श्री/लुम्बनी – कपन, धुम्बाराही

सिद्धार्थ – इमाडोल

श्रीमाया – सतुंगल

लोकप्रिय – नैकाप

राजधानी – सितापाइला

सूर्य – जगाती

गीता – धुम्बाराही

हिमाल – भगवती बहाल

नमस्ते – कागेश्वर मनहरा

भानु – गोंगबु

एभरेष्ट – सिफल

श्रीराम – ललितपुर

सरकारले ग्यास उद्योगले पनि रिटेल काउन्टर खोल्न दिने निर्णय गरेपछि बिक्रेताहरुले भने विरोध गरेका छन् ।

प्रकाशित मितिः २०७६ चैत्र ०९ आइतबार

Comments

comments

Share.
Loading...

Comments