सुनको मूल्य स्थिर

0

काठमाडौँ । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार बजारमा चाँदी १० रुपैयाँले बढेको हो । छापावाला सुन आज स्थिर रहँदै प्रतितोला ७१ हजारमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ७० हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । चाँदी भने १० रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७६ भदौ २५ बुधबार

Comments

comments

Share.
Loading...

Comments