सामलिङ पावर कम्पनीको आइपिओ आजदेखि बिक्री खुल्ला

0

काठमाडौं । सामलिङ पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) आजदेखि बिक्री खुल्ला भएको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये कर्मचारीलाई २ प्रतिशत र सामुहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता आवेदन दिन पाइनेछ ।

मेरो सेयर अनलाइन प्रणाली तथा खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सकिनेछ । कात्तिक ८ गतेसम्म यसमा आवेदन दिने मिति तोकिएको छ । कम्पनीले ९.५ मेगावाटको माइ बेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यस आयोजनाको लागत प्रतिमेगावाट २१ करोड ३ लाख अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा रहने अनुमान छ ।

प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार

Comments

comments

Share.
Loading...

Comments