काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले छैटौं जित निकालेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा आज दिउँसो भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै बैंगलोरले छैटौं जित निकालेको हो ।
राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित ५५, कप्तान विराट कोहलीले ४३, देबदुत पडीक्कलले ३५, गुर्किरात सिंहले अविजित १९ र आरोन फिन्चले १४ रन बनाए ।
राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल टेवाटियाले १र१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।
राजस्थानको लागि कप्तान स्टिभ स्मिथले ७५, रोबिन उथप्पाले ४१, जोस बट्लरले २४ र बेन स्टोक्सले १५ रन बनाए ।
बैंगलोरका क्रिस मोरिसले ३ तथा युजभेन्द्र चाहलले २ विकेट लिए ।
जितसँगै बैंगलोर अंक तालिकामा ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा नै रहेको छ । राजस्थान भने ९ खेलमा ६ अंकसहित सातौं स्थानमा नै छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार
Comments