भक्तपुर, ६ मंसिर । आउँदो मंसिर २१ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न मात्रै समेटेर मतपत्र बनाएको छ ।
अघिल्ला निर्वाचनमा पट्यारलाग्दो लामो मतपत्रमा छाप लगाएका मतदाताका लागि अबको निर्वाचन मतपत्रका दृष्टिकोणले निकै सहज हुने आयोगको भनाइ छ ।
स्थानीय तह निर्वाचनमा पनि धेरै चुनाव चिह्न समेटिएको लामो र पट्यारलाग्दो मतपत्रको सर्वत्र आलोचना भएको थियो । छोटो र छरितो मतपत्रका कारण आगामी निर्वाचनको मतगणना पनि छिटो हुने तथा मतपत्र बदर कम हुने आयोगको विश्वास छ ।
समानुपातिकतर्फ प्रतिनिधिसभाको माथिल्लो र प्रदेशसभाको मतपत्र तल्लो भागमा छापिएकाले मतदाता झुक्किने अवस्था छन् । प्रतिनिधिसभाको समानुपातिकमा आयोगमा दर्ता भएका सबै ८८ दलको चुनाव चिह्न राखिएको भए पनि प्रदेशसभा समानुपातिकको मतपत्रमा भने ७ वटै प्रदेशको फरक/फरक छ ।
प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं. १ को प्रत्यक्ष तर्फको मतपत्र
प्रदेश सभा भक्तपुर क्षेत्र नं. १ को क प्रदेश को प्रत्यक्ष तर्फको मतपत्र
प्रदेश सभा भक्तपुर क्षेत्र नं. १ को ख प्रदेश को प्रत्यक्ष तर्फको मतपत्र
प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं. २ को प्रत्यक्ष तर्फको मतपत्र
प्रदेश सभा भक्तपुर क्षेत्र नं. २ को क प्रदेश को प्रत्यक्ष तर्फको मतपत्र
प्रदेश सभा भक्तपुर क्षेत्र नं. २ को ख प्रदेश को प्रत्यक्ष तर्फको मतपत्र
समानुपातिकतर्फको मत पत्र
Comments