घरको कुन स्थानमा राख्ने तुलसीको बोट ? यसो भन्छ वास्तुशास्त्र

भक्तपुर न्यूज

२० चैत २०७७ ८:२६

घरको कुन स्थानमा राख्ने तुलसीको बोट ? यसो भन्छ वास्तुशास्त्र

काठमाडौं । तुलसीको बोट औषधीय गुणले भरपूर छ अनि हिन्दू धर्मावलम्बीको आस्थाको प्रतीक पनि हो । तर तुलसीको बोट सही दिशामा राख्दा मात्र यसको पुण्यफल प्राप्त हुन्छ ।

वास्तुशास्त्र अनुसार तुलसीको बोटको सही दिशा कुन हो ?

खासमा तुलसीको बोट घरको आँगनमा, केन्द्र भागमा वा पूर्वोत्तर दिशामा राख्नुपर्छ । बाल्कोनीमा वा झ्यालको उत्तर वा उत्तरपूर्व दिशामा पनि राख्न सक्नुहुन्छ ।

तुलसीसँग सिउँडी वा काँडादार कुनै पनि बोटबिरुवा राख्नुहुँदैन । उत्तरपूर्व दिशा धनका देवता कुबेरको दिशा मानिन्छ । त्यसैले आर्थिक समृद्धिका लागि तुलसी उत्तरपूर्व दिशामा राखेको राम्रो हुन्छ ।

तुलसी घरमा राख्दा अवश्य पूजा गर्नुपर्छ । तुलसीको मोठमा साँझ दियो बाल्दा माता लक्ष्मीको कृपा बर्सिन्छ भन्ने मान्यता छ ।

वास्तुका दोषलाई पनि तुलसीले निवारण गर्छ । तर तुलसी राखेको ठाउँ जहिले पनि सफासुग्घर राख्नुपर्छ । एजेन्सी

प्रकाशित मितिः २०७७ चैत्र २० शुक्रवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *