एमाले नेतृ निरु पाललाई पतिशोक
काठमाडौं, १७ माघ । नेकपा एमालेकी बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पतिशोक परेको छ । भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको आज बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिए ।
हिजो पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि सेती अञ्चल अस्पतालमा लगिएको थियो ।
उनलाई थप उपचारका लागि आज बिहान काठमाडौं ल्याउने तयारी हुँदाहुँदै अस्पतालमा नै निधन भएको हो । पालको श्रीमती र दुई छोरा छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५