एमाले नेतृ निरु पाललाई पतिशोक
काठमाडौं, १७ माघ । नेकपा एमालेकी बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पतिशोक परेको छ । भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको आज बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिए ।
हिजो पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि सेती अञ्चल अस्पतालमा लगिएको थियो ।
उनलाई थप उपचारका लागि आज बिहान काठमाडौं ल्याउने तयारी हुँदाहुँदै अस्पतालमा नै निधन भएको हो । पालको श्रीमती र दुई छोरा छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२४ जेठ २०८२ ७:२९