संसदमा आज निर्वाचन कसुर तथा सजाय विधेयक पारित गर्ने तयारी

भक्तपुर न्यूज

१७ माघ २०७३ ५:१९

संसदमा आज निर्वाचन कसुर तथा सजाय विधेयक पारित गर्ने तयारी

काठमाडौं, १७ माघ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा निर्वाचन (कसुर तथा सजाय) विधेयक पारित गर्ने तयारी छ । आजको बैठकमा राज्य ब्यवस्था समितिको प्रतिवेदन सहितको निर्वाचन (कसुर तथा सजाय) विधेयक २०७३ माथि छलफल गरी पारित गर्ने तयारी रहेको संसदको सचिवालयले जनाएको छ ।
यस्तै आजकै बैठकमा वातावरण संरक्षण समितिको प्रतिवेदनसहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पाँचौं संशोधन विधेयकपनि पारित गर्ने तयारी छ । त्यसअघि यो विधेयकमाथि सांसदले धारणा राख्नेछन् । आजको बैठकमा भाषा आयोग विधेयक पेश हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *