संसदमा आज निर्वाचन कसुर तथा सजाय विधेयक पारित गर्ने तयारी
काठमाडौं, १७ माघ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा निर्वाचन (कसुर तथा सजाय) विधेयक पारित गर्ने तयारी छ । आजको बैठकमा राज्य ब्यवस्था समितिको प्रतिवेदन सहितको निर्वाचन (कसुर तथा सजाय) विधेयक २०७३ माथि छलफल गरी पारित गर्ने तयारी रहेको संसदको सचिवालयले जनाएको छ ।
यस्तै आजकै बैठकमा वातावरण संरक्षण समितिको प्रतिवेदनसहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पाँचौं संशोधन विधेयकपनि पारित गर्ने तयारी छ । त्यसअघि यो विधेयकमाथि सांसदले धारणा राख्नेछन् । आजको बैठकमा भाषा आयोग विधेयक पेश हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६