एमाले संघीयता विरोधी : गृहमन्त्री निधि

भक्तपुर न्यूज

१६ माघ २०७३ ८:३२

एमाले संघीयता विरोधी : गृहमन्त्री निधि

पर्वत, १६ माघ । उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् । आज पर्वतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निधिले भने, सीमांकन हेरफेर सहितको संविधान संशोधन भए संविधानको सर्वस्वीकार्यता बढ्ने र देशले निकास पाउने देखेर एमाले अत्तालिएको छ ।
गृहमन्त्री निधिले संविधान संशोधनमा एमालेले गरेको विरोधलाई राष्ट्रहित विपरित भएको भन्दै जनताले राष्ट्रवादी दल चिन्ने बेला आएको बताए । उनले शहिदको सपना साकार पार्न सरकारले चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *