सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ…

भक्तपुर न्यूज

२२ फागुन २०७७ ८:०९

सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ…

काठमाडौं । आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ ।

तर गलत तरिकाले, गलत समयमा र गलत मात्रामा पानी पिउँदा नोक्सानी पुर्याउँछ । आयुर्वेद विशेषज्ञ डा. अबरार मुल्तानीले कहिले र कति पानी पिउँदा कुन रोगबाट बच्न सकिन्छ भनी बताएका छन् ।

दुई गिलास पानी बिहान उठ्नेबित्तिकै पिउनुस् । यसो गर्दा शरीरबाट विषाक्त पदार्थ निस्कन्छ अनि मिर्गौला स्वस्थ रहन्छ ।

व्यायाम गर्नुभन्दा १० मिनेटअघि एक गिलास पानी पिउनुस् । ऊर्जाको मात्रा सही रहन्छ । व्यायाम गरेको २० मिनेटपछि दुई गिलास पानी पिउनुस् । शरीर आर्द्र रहन्छ ।

चिया वा कफी पिउनुभन्दा अघि एक गिलास पिउनुस् । एसिडटी हुन पाउँदैन । नुहाउनुभन्दा अघि एक गिलास पानी पिउनुस् । रक्तचाप स्थिर रहन्छ ।

खाना खानुभन्दा आधी घन्टाअघि एक गिलास पानी पिउनुस् । यसले पाचन राम्रो बनाउँछ । खाना खाँदा दुई चुस्की पानी लिनुस् । खाना मज्जाले पच्छ । साँझ नाश्ता गर्नुभन्दा अघि एक गिलास पानी पिउनुस् । धेरै भारी नाश्ता नगर्नुस् ।

थकान र टेन्सन हुँदा एक गिलास पानी पिउनुस् । मानसिक आराम पाउनुहुनेछ । सुत्नुअघि एक गिलास पानी पिउनुस् । हृदयघातबाट बच्नुुहुनेछ । एजेन्सी

प्रकाशित मितिः २०७७ फागुन २२ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *