भरुवा बन्दुक सहित एक पक्राउ
धनकुटा, ११ माघ । प्रहरीले भरुवा बन्दुक सहीत एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मारेक कटहरे–७ का उदय मगर रहेका छन् । प्रहरीले आज फ्याङलुङ्ग जंगलमा शिकार खेलिरहेको अवस्थामा १ थान भरुवा बन्दुक सहित उनलाई पक्राउ गरेको हो ।
उनीसंगै शिकार खेलीरहेका गगिन मगर भने फरार रहेका छन् । उनलाई प्रहरीले खोजतलास गरिएको जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
