काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतका शब्द चन्द्र प्रसाई ‘परिस्कृत’का रहेका छन्।
गीतकार प्रसाईं यस अगाडि प्रेमको कथा, कथा मृत्युको लगायतका गीत हिट छन्। मेलोडियस शैलीमा तयार पारिएको गजल सुन्दा आनन्द लाग्ने छ । गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका हुन्, भने विष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।
भिडियो पछिल्लो समयका व्यस्त निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्। जसमा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ।
भिडियोमा आकाश र पूजालाई निकै आकर्षक तरिकाले निर्देशक पाण्डेले उतारेका छन् । गीतमार्फत गीतकारले प्रेमीले प्रेमिकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन्। भिडियोमा पनि यस्तै कथा बुनिएको छ।
निर्देशक पाण्डेको हरेक भिडियोमा फरक पन पाउन सकिन्छ। यो भिडियोमा पनि उनले केही फरक दिने कोसिस गरेका छन्। इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन छ। भिडियोका प्रोडक्सन म्यानेजर दिपेन गौतम हुन् ।
प्रकाशित मितिः २०७७ फागुन १३ बिहिबार
Comments