काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि स्थगित रहेको भारतको प्रतिष्ठित अवार्ड ‘दादासाहेब फाल्के’ पुरस्कार वितरण समारोह हालै सम्पन्न भएको छ । भारतीय चलचित्र क्षेत्रमा विशेष योगदान पुरायाएका कलाकारहरुलाई अवार्डबाट सम्मानित गरियो ।
उक्त अवार्डबाट बलिउड अभिनेत्री दीपिका पादुकोण पनि सम्मानित भएकी छिन् । चलचित्र ‘छपाक’मा दीपिकाको उत्कृष्ट अभिनयका लागि उनलाई ‘उत्कृष्ट अभिनेत्री’को अवार्डबाट सम्मानित गरिएको हो ।
दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले आफ्नो आधिकारिक इन्स्टाग्राममा यसबारे जानकारी दिएको छ । “तपाईंले यस चलचित्रका लागि दिनुभएको विशेष लगावलाई मनाउँदै छौँ । दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२१ मा ‘उत्कृष्ट अभिनेत्री’को अवार्डबाट सम्मानित हुनुभएकोमा तपाईं (दीपिका)लाई बधाई छ । डीपीआईएफएफ तपाईंको आगामी भविष्यका लागि शुभकामना दिन चाहन्छौँ ।”
यस चलचित्रमार्फत अभिनेत्री दीपिकाले निर्माताको रूपमा डेब्यु पनि गरेकी हुन् । मेघना गुल्जारको निर्देशनमा बनेको यो सत्य घटनामा आधारित चलचित्र हो । एजेन्सी
प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार
Comments