खाली पेटमा मनतातो पानी पिउनुका यस्ता छन् फाइदाहरू…

भक्तपुर न्यूज

४ फागुन २०७७ ११:३०

खाली पेटमा मनतातो पानी पिउनुका यस्ता छन् फाइदाहरू…

काठमाडौं । मानव जीवनमा पानीको कति महत्व धेरै नै हुन्छ । शोध तथा अध्ययनकर्ताका अनुसार बिहान खाली पेटमा मनतातो पानी पिउँनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । दिनमा कम्तीमा पनि ३ देखि ४ लिटरसम्म पानी पिउँन स्वास्थ्यका लागि निकै राम्रो हुन्छ ।

खाली पेटमा पानी खानुको विभिन्न फाइदाहरु छन् । अधिकांश रोग नै पेटमा उत्पन्न हुने हुनाले खाली पेटमा मन तातो पानी खानुको प्रमुख फाइदा पेट स्वस्थ बनाउँनु हो । यदि तपाईले बिहान चिया, कफी नपिइकन मन तातो पानी पिउँनुभयो भने सम्भावित कैयौं रोगबाट बाच्न सकिन्छ ।

पानीले शरीरका विकारजन्य पदार्थलाई पिसाब र पसिनाबाट बाहिर ल्याउन सहयोग गर्दछ । खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ ।

खाली पेटमा मनतातो पानी पिउँनका फाइदाहरु यस्ता रहेका छन् :

-दैनिक रुपमा बिहान खाली पेटमा मनतातो पानी पिउँदा छालालाई स्वस्थ बनाउँछ ।

-मनतातो पानी पिउँनाले एसिडिटीको समस्या कम हुनुका साथै शरीरमा रक्तसञ्चार सन्तुलित र नियमित हुन्छ ।

-मृगौलासँग सम्बन्धित समस्या, टाउँको दुखाई, पेटको समस्या साथै महिलाहरुको महिनावारी समेत समयमै हुन्छ ।

– दैनिक खाली पेटमा पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।

– बिहान दुई गिलास मनतातो पानी पिएउँनाले भोक नलाग्नेलाई भोक जगाउँछ ।

-टाउँको दुख्ने समस्याबाट मुक्त हुनुका साथै प्रश्स्त रुपमा पानी पिउनाले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट समेत बच्न सकिन्छ ।

-प्रर्याप्त मात्रामा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाउँनका साथै जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउँन सहयोग गर्दछ ।

प्रकाशित मितिः २०७७ फागुन ०४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *