काठमाडौं । १५ औं संस्करणको सफल पोखरा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । उपाधिसँगै राजनले २ लाख रुपैयाँ नगद पुरस्कार हात पारे ।
पोखरा रंगशालामा शनिबार भएको दौड रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै उपाधि चुमे । दोस्रो भएका आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । आर्मीकै देवराज बस्नेत तेस्रो बने । उनले २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा दूरी पार गरेका थिए ।
दोस्रो भएका ज्ञानले १ लाख प्राप्त गरे भने तेस्रो बनेका देवले ७५ हजार प्राप्त गरका छन् ।
महिलातर्फ भएको हाफ म्याराथनमा पुलिस क्लबकी राजपूरा पाछिले उपाधि जित्दै १ लाख रुपैयाँ हात पारिन् । उनले १ घण्टा २७ मिनेट ०८ सेकेन्डमा दूरी पार गर्दा जुम्लाकी राममाया बुढाले १ घण्टा ३० मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो स्थान भइन् ।
एपीएफकी वृन्दा श्रेष्ठ तेस्रो भइन् । उनले १ घण्टा ३१ मिनेट १३ सेकेन्डमा दूरी पारिन् । महिला हाफ म्याराथनमा दोस्रो, तेस्रो हुनेले क्रमश नगद ७५ हजार, ५० र १५ हजार रुपैयाँ प्राप्त गरिन् । भूतपूर्व खेलाडी मञ्चले प्रतियोगिता गरेको हो ।
प्रकाशित मितिः २०७७ फागुन १
Comments