डलर देखाएर १० लाख ठगी
भक्तपुर, ३ माघ । नक्कली अमेरिकी डलर दिएर ठगी गरि एक व्यक्ति फरार भएका छन् । नक्कली अमेरिकी डलर दिएर भक्तपुरमा ओखलढुङगा जिल्ला सिद्दिचरण न.पा.१ स्थायी घर भई हाल काठमाडौं–३५ पेप्सीकोला बस्ने मेघनाथ दाहालको १० लाख रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ ।
भक्तपुरको चागुँनारायण नगरपालिका ५ गेलाल गाउँमा नचिनेका व्यक्तिलाई १० लाख रुपैयाँ दिएर १० हजार अमेरिकी डलर साटेका दाहाललाई नक्कली डलर दिएर ती व्यक्तिले ठगी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिएका छन् । ठगी गर्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
