पाकिस्तानद्धारा एफ १६ लडाकु विमान अमेरीकाबाट पाउने अपेक्षा
एजेन्सी १ माघ । अमेरीकामा ट्रम्प प्रशासन आए पछि पूर्व सम्झौता बमोजिमको अत्याधुनिक लडकु बिमान एफ १६ पाउने अपेक्षा पाकिस्तानले गरेको छ ।
ओबामा प्रशासनको बेला अमेरीकी कॉग्रेसले पाकिस्तानलाई एफ १६ खरीदमा आर्थिक छुट दिन नहुने प्रस्ताव पारीत गरे पछि यो लडाकु विमान आउन सकेको थिएन । अमेरीकाका लागि पाकिस्तानका राजदुत जलील अब्बास जिलानीले पछिल्लो नियुक्तिहरुबाट पाकिस्तान आशाबादी बनेको र सम्बन्ध सुधारका साथै जहाज पाउने अपेक्षा रहेको बताउनु भयो । ट्रम्प प्रशासनमा रक्षा मन्त्रीका लागि प्रस्तावीत पूर्व जनरल जेम्स मेटिसले आतकवाद विरुद्धको युद्धमा पाकिस्तानले ठूलो क्षति ब्यहोरेको भन्दै सहयोग जारी राख्ने बताउनु भयो । भारतसगँ सैन्य तनाव कायम रहेका बेला पाकिस्तानले यो विमान भित्र्याउन पहल गरीरहेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९