पाकिस्तानद्धारा एफ १६ लडाकु विमान अमेरीकाबाट पाउने अपेक्षा

भक्तपुर न्यूज

१ माघ २०७३ ३:१३

पाकिस्तानद्धारा एफ १६ लडाकु विमान अमेरीकाबाट पाउने अपेक्षा

एजेन्सी १ माघ । अमेरीकामा ट्रम्प प्रशासन आए पछि पूर्व सम्झौता बमोजिमको अत्याधुनिक लडकु बिमान एफ १६ पाउने अपेक्षा पाकिस्तानले गरेको छ ।
ओबामा प्रशासनको बेला अमेरीकी कॉग्रेसले पाकिस्तानलाई एफ १६ खरीदमा आर्थिक छुट दिन नहुने प्रस्ताव पारीत गरे पछि यो लडाकु विमान आउन सकेको थिएन । अमेरीकाका लागि पाकिस्तानका राजदुत जलील अब्बास जिलानीले पछिल्लो नियुक्तिहरुबाट पाकिस्तान आशाबादी बनेको र सम्बन्ध सुधारका साथै जहाज पाउने अपेक्षा रहेको बताउनु भयो । ट्रम्प प्रशासनमा रक्षा मन्त्रीका लागि प्रस्तावीत पूर्व जनरल जेम्स मेटिसले आतकवाद विरुद्धको युद्धमा पाकिस्तानले ठूलो क्षति ब्यहोरेको भन्दै सहयोग जारी राख्ने बताउनु भयो । भारतसगँ सैन्य तनाव कायम रहेका बेला पाकिस्तानले यो विमान भित्र्याउन पहल गरीरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *