काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ११ हजार ५४६ जना व्यक्ति संक्रमित भएका छन्।
स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २, ललितपुमा ३ र भक्तपुरमा २ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ८९ हजार ७२८ जना संक्रमित भएका छन्, जसमध्ये ३९५ जनाको मृत्यु भएको छ। हालसम्म८३ हजार ३३७ जना निको भएका छन्। ललितपुरमा १३ हजार ६९८ जना संक्रमित भएका छन्। जसमा १२० जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १२ हजार ३२३ जना निको भएका छन्। भक्तपुरमा ८ हजार १२० संक्रमितमध्ये ९५ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ७८५ जना निको भएका छन्।
आज काठमाडौमा ५ हजार ९९६, ललितपुरम १ हजार २५५ र भक्तपुरमा ५४० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज देशभर १ हजार २७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। २४ घण्टामा १ हजार ५७५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ।
आज देशभर १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ५६७ पुगेको छ।
प्रकाशित मितिः २०७७ मंसिर १९ शुक्रबार
Comments