६ हजार चार सय कछुवा बरामद
एजेन्सी, २८ पुस । भारतको उत्तर प्रदेशको अमेठीबाट प्रहरीले स्वच्छ पानीमा रहने ६ हजार चार सय कछुवा बरामद गरेको छ । कोलकाता बन्दरगाहमा लैजान लागिएका कछुवा प्रहरीले बरामद गरेको हो ।
बोरामा राखेर लैजान लागिएका जीवित कछुवाको तौल चार टन भन्दा धेरै रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गंगा नदीको किनारबाट स्थानीय बासिन्दाले यि कछुवा संकलन गरेका थिए । प्रहरीले एक व्यक्तिलाई पक्राउ पनि गरेको छ । पक्राउ परेका व्यक्ति कछुवा तस्करीमा संलग्न ठूलो गिरोहका सदस्य रहेको सरकारी अधिकारीले बताएका छन् ।
बरामद गरिएका कछुवा लुप्त प्राजितका नरहेको र यस्ता कछुवालाई बंगलादेश लैजान लागिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
चीन तथा दक्षिणपूर्वी एसियामा यि कछुवाको मासुको माग बढी छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३