काठमाडौँ । दिल्ली क्यापिटल्सलाई पराजित गर्दै मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
युएईको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको फाइनलमा दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेटको क्षतिमा भेट्टाएको हो ।
मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८, इशान किसनले अविजित ३३, क्विन्टन डी ककले २०, सूर्यकुमार यादबले १९, केइरन पोलार्डले ९ र हार्दिक पाण्डयले ३ रन बनाए ।
दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १र१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
दिल्लीका लागि कप्तान श्रेयस आयरले अविजित ६५, ऋषब पन्तले ५६, शिखर द्वनले १५, अक्षर पटेलले ९, शिम्रन हिटमायरले ५ र अजिन्का रहाणेले २ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्टले ३ तथा नाथन कल्ट र जयन्त यादबले १र१ विकेट लिए ।
यससँगै मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको छ । मुम्बईले यस अघि सन् २०१३,१५,१७ र १९ मा उपाधि चुमेको थियो । मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो । गत वर्ष समेत मुम्बईले उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक २६ बुधबार
Comments