सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावाल सुन तोलाको ९५ हजार तोकेको छ । शुक्रबार तोलाको ९४ हजार ५ सय थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
यसैगरी चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको ११ सय ९५ कायम भएको छ । गत शुक्रबार तोलाको ११ सय ८० रुपैयाँ थियो ।
प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
