सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । सुन तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि छापावाल सुन तोलाको ९५ हजार तोकेको छ । शुक्रबार तोलाको ९४ हजार ५ सय थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
यसैगरी चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको ११ सय ९५ कायम भएको छ । गत शुक्रबार तोलाको ११ सय ८० रुपैयाँ थियो ।
प्रकाशित मितिः २०७७ कार्तिक १६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५