काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ खरिबोटस्थित रुपचन्द्र श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले श्रेष्ठसहित ५ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रबार राति तास खेलिरहेको अवस्थामा नगद ५५ हजार ३९० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। पक्राउ परेकाहरूमाथि आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०७७ कार्तिक १५ शनिबार
Comments