जोकोविचलाई कतार ओपन टेनिसको उपाधि
एजेन्सी, २४ पुस । विश्व नम्बर एक बेलायती एण्डी मुर्रेलाई हराउँदै दोस्रो बरियताका जोकोविचले कतार ओपन टेनिसको उपाधि जितेका छन् । फाइनलमा ६–३, ५–७ र ६–४ को सेटमा हराउँदै दोस्रो बरियताका जोकोविचले उपाधि जितेका हुन् ।
सर्बियाको जोकोविचले मुर्रेको लगातार २८ खेलदेखिको विजयी यात्रा पनि टुंग्याएका छन् । दुवै खेलाडी जनवरी १६ देखि सुरु हुने वर्षको पहिलो ग्राण्डसलाम अस्ट्रेलियन ओपनको तयारीमा छन् ।
मुर्रे गएको नोभेम्बरमा एटिपी टुर्स फाइनलमा जोकोविचलाई हराउँदै विश्व नम्बर एक बनेका थिए । तर कतार ओपनमा भने मुर्रे पराजित भए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१४
मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशभर वर्षा
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४