ट्रयाक्टरले ठक्कर दिँदा बालकको मृत्यु
जनकपुर, २१ पुस । धनुषाको शान्तिपुरमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिपुर-६ का श्याम मुखियाका १० वर्षका छोरा लक्ष्मण मुखिया रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान घरबाट साइकल लिएर पसल गएको बेला ज १ त ८००८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ वैशाख २०८२ १२:१८
कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुने बोर्डको स्पष्टोक्ति
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
१९ वैशाख २०८२ १३:००
चीन-अमेरिकाबिच व्यापार वार्ता हुने सम्भावना
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२१ वैशाख २०८२ ९:५२